अभिनेत्री स्वेता खड्काको मुस्कान फर्किएको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेको एक महिनामै श्रीकृष्णको निधन भएपछि स्वेता एक बर्ष वेदनामा थिइन् । तर, श्रीकृष्णका अधुरा सपना पुरा गर्ने अठोटका साथ अगाडि बढेकी स्वेतामा मुस्कान फर्किएको छ । Sweta Khadka 1

फिल्म ‘के म तिम्रो होइन र’को पत्रकार सम्मेलनमा उपस्थित स्वेताले आफू अब फिल्म क्षेत्रमा फर्कन चाहेको बताइन् । उनले फिल्म क्षेत्रमा नै केही गर्ने आफ्नो सपना भएकाले सबैको माया पाउने अपेक्षा पनि राखिन् । स्वेताले आफै फिल्म निर्माण र अभिनय गर्न लागेको चर्चा पनि छ ।

उनले आफू केही समय दिमागी र मानसिक रुपमा बिक्षिप्त हुँदा यो क्षेत्रबारे सोच्न पनि नसकेको बताउँदै अब भने काम गर्न चाहेको खुलाइन् । Sweta Khadka 2 Sweta Khadka 3 Sweta Khadka 4

Watch Video Here :-

For More videos Log on to Mazzako TV