नमज्जाको खबरः प्रत्युषा बनर्जीले गरिन् आत्महत्या
केही बर्ष अगाडि २५ बर्ष उमेरकी अभिनेत्री जीया खानले आत्महत्या गरेकी थिइन् । जीयाले आत्महत्या गरिन् या हत्या भएको थियो भन्ने अझै पत्ता लागेको छैन । अब, यही उमेरकी एक टेलिभिजनकी चर्चित कलाकारले आत्महत्या गरेकी छिन् ।
२५ बर्षकी प्रत्युषा बनर्जीले आत्महत्या गरेकी छिन् । आफ्नै घरको पंखामा झुण्डिएको अवस्थामा उनलाई फेला पारिएको थियो । उनलाई उपचारका लागि कोकिलावेन अवानी अस्पतालमा लगिएको थियो तर डाक्टरले उनलाई मृत घोषित गरेका थिए । उनको शरीरमा केही चोट लागेको बताईएको छ ।
प्रत्युषाका प्रेमी राहुलराज सिंह र प्रत्युषाको बिहे गर्ने खबर पनि आएको थियो । यसका लागि प्रत्युषाले लेहेङ्गा पनि बनाउन दिएकी थिइन् । ‘बालिका बधु’ सिरियलमा काम गरेपछि प्रत्युषा हिट भएकी थिइन् । उनी ‘बीग बोस सिजन ७’मा पनि प्रतिस्पर्धी थिइन् ।
For More videos Log on to Mazzako TV