ऋचाको गोप्य प्रेमको चियोचर्चा गर्ने होइन त ?
धेरै सेलिब्रेटी पापाराजी पत्रकारका कारण हैरान हुन्छन्, आफ्नो दैनिकीमा नै अवरोध खडा गरेर पापाराजी पछि लागेपछि दिक्क हुन्छन् कलाकार । तर, नेपाली फिल्मकी अभिनेत्री ऋचा शर्मालाई भने पापाराजीले पिछा नगरेको दु:ख लागेको छ । नेपाली फिल्मका कलाकारको पिछा गर्ने पत्रकारका बिषयमा असन्तुष्टी जनाउँदै ऋचाले पापाराजीको आवश्यकता औल्याएकी छिन् ।
उनका अनुसार फिल्म लाइन भित्रकै मानिससँग प्रेम गर्दा बढी हल्ला हुने तर बाहिरको मानिस खोज्दा पापाराजीले खासै मत्तलब नगर्ने भन्दै उनले बाहिरका मानिससँग अभिनेता र अभिनेत्रीले प्रेम गर्दा त्यसको चियो गर्न उनले आग्रह गरिन् । ऋचाका अनुसार उनी अहिले एक यूवकसँग भेटघाट गरिरहेकी छिन् । उनको यो सम्बन्ध लामो समयसम्म पनि जान सक्छ ।
ऋचा आफ्नो गोप्य प्रेमको चियोचर्चा पत्रकारले गरुन् भन्ने चाहन्छिन् ।
For More videos Log on to Mazzako TV