अभिनेत्री केकी अधिकारीको फेसबुकमा २ लाख भन्दा बढी फ्यान छन् । तर, यी सबै फ्यान उनको फिल्म हेर्न जाँदैनन् । सायद, यसैले पनि होला केकीका फिल्म आजसम्म कुनै पनि हिट छैनन् । Keki Adhikari

केकीलाई लाग्छ, यसो हुनुको पछाडि फ्यान नै मुख्य कारण हुन् । केकीलाई आफ्ना फ्यानले आफ्नो फिल्म हेरेका छन् भन्ने लागेको छ । तर, आफ्ना मात्र फ्यानले फिल्म हेरेर नचल्ने केकी बताउँछिन् ।

आखिर, के हुनुपर्छ त फिल्म चल्न । केकीको वुझाई छ, उनका भन्दा बाहेक अरु कलाकारका फ्यानले उनको फिल्म हेरिदिएका छैनन् । आफ्ना मात्र फ्यानले फिल्म हेरेको भन्ने केकी अरु कलाकारका फ्यानले फिल्म नहेरेसम्म नचल्ने वुझ्छिन् । तर, उनको फिल्म अरु कलाकारका फ्यानले हेरेका छैनन्, जसले गर्दा उनले हिट फिल्मको स्वाद चाख्न नपाएकी हुन् ।

For More videos Log on to Mazzako TV