बलिउडका अभिनेत्रीहरु धनाढ्यसँग वा आफू भन्दा कान्छा उमेरका यूवकसँग बिहे गर्न लालयित हुन्छन् । अझ, धेरै अभिनेत्री त धनाढ्य पुरुषको दोश्री वा तेश्री श्रीमती बन्न पनि तयार हुन्छन् । bipasa and karan

बलिउड अभिनेत्री विपशा वासु पनि अहिले यही लयमा छिन् । उनी अभिनेता करण ग्रोवरकी तेश्री श्रीमती बन्न तयार भएकी छिन् । भारतीय मिडियाको दाबी अनुसार यी दुइको बिहे अप्रिल २९ मा हुनेछ ।

मिडियाको दाबी अनुसार २८ अप्रिलमा मेहेन्दी र संगीत सेरोमोनीको कार्यक्रम छ । विगत केही बर्षदेखि गोप्य प्रेम गर्दै आएको यो जोडीले बिहे गर्ने निर्णय गरेको हो । करणले आफ्नी श्रीमतीलाई डिभोर्स पनि दिइसकेका छन् । करण भन्दा विपशा जेठी छिन् ।

For More videos Log on to Mazzako TV