कविताको ‘ढुवानी’ माइती नेपालले देखाउने, नयाँ फिल्मको तयारी
निर्मात्री कविता श्रेष्ठ नयाँ फिल्मको तयारीमा जुटेकी छिन् । आफूले बनाउने नयाँ फिल्मले हरेक वर्गका दर्शकलाई बाधोस् भन्ने सोच उनको छ । उनले यस अगाडि बनाएका ‘प्लान, बरदान, ढुवानी’ले फरक फरक वर्गका दर्शकलाई हलसम्म तानेका थिए । तर, यसपटक भने कविता समिक्षकदेखि दर्शकसम्म सबैले रुचाउने फिल्म बनाउने तयारीमा छिन् ।
कविताले यस अघि बनाएको फिल्म ‘ढुवानी’लाई माइती नेपालले देशका ४५ भन्दा बढी जिल्लामा देखाउने भएको छ । कविताले माइती नेपाललाई निशुल्क फिल्म देखाउने अधिकार दिएकी हुन् । उनले आत्मसन्तुष्टी र आनन्दका लागि आफूले माइती नेपाललाई निशुल्क अधिकार दिएको बताइन् ।
उनले निर्माण गरेको चौथो फिल्म ‘समर लभ’ अहिले धमाधम पोष्ट प्रोडक्शनमा छ । कविताका अनुसार नयाँ फिल्मका लागि निर्देशक र कलाकारको अडिसन नै लिने तयारी गरिएको छ । नयाँ नयाँ सोच बोेकेका यूवाहरु आफूसँग कथा लिएर आएको कविताले सुनाइन् । तर, अहिले नै कथावस्तु पक्का नगरिएको उनको भनाई छ ।
For More videos Log on to Mazzako TV