फिल्म रिलिजको क्यालेन्डरलाई फर्किएर हेर्ने हो भने केही अभिनेत्री बर्षभरि दर्शकमाझ आउँछन् । तर, ती अभिनेत्रीको प्रतिक्षा दर्शकलाई खासै हुँदैन । सोही भिडमा पर्ने अभिनेत्री हुन्, अनु शाह । Anu shah

यो बर्ष पनि फिल्म क्यालेन्डर हेर्ने हो भने अनु शाह अभिनित केही फिल्म रिलिज भए । धेरै फिल्म त आएको र गएको पनि थाहा भएन दर्शकलाई । चैत्र ५ गते चलेको फिल्म ‘लक्ष्य’मा पनि यीनै अभिनेत्री थिइन् जुन फिल्म चलेन । भित्ताका पोष्टरमा यी अभिनेत्रीका फिल्म परिवर्तन भैरहन्छन्, तर पनि यी चल्दिनन् ।

लोकगीतदेखि म्यूजिक भिडियोसम्म देखिनमा अग्रसर अनुका लागि फिल्म क्षेत्र सहायक पेशा जस्तो भएको छ । यसैले उनी पनि फिल्म क्षेत्रमा वैकल्पिक अभिनेत्री जस्तो भएकी छिन् । फिल्म ‘भैरव’ चल्दा निखिल उप्रेतीले सबै क्रेडिट खाइदिएपछि अनु मेरो पहिलो हिट फिल्म भन्दै हिडिन् । जबकी, फिल्म चल्नु एक दिन अगाडिसम्म उनी प्रचारमा देखिएकी थिइनन् ।

For More videos Log on to Mazzako TV