आज अनमोलको जन्मदिन, ‘गाजलु’को फस्टलुक रिलिज
नेपाली फिल्म क्षेत्रका उदाउँदा स्टार अनमोल केसीको आज जन्मदिन हो । अनमोल सन् १९९४ को मार्च ३० मा जन्मिएका थिए । अनमोलको जन्मदिनको अवसर पारेर निर्माता रोहित अधिकारीले फिल्म ‘गाजलु’को फस्टलुक रिलिज गरेका छन् । उनले अनमोल जन्मदिन नै आफ्ना लागि विशेष रहेको भन्दै फिल्म प्रचार सुरु गरेका हुन् । फिल्मको फस्टलुकमा अनमोल र अभिनेत्री श्रृष्टी श्रेष्ठको प्रेमभाव देखाइएको छ ।
हेमराज वीसीले निर्देशन गरेको यो फिल्म जेठ २१ गतेबाट प्रदर्शनमा आउने चर्चा चलेपनि अब यसको मिति हेरफेर हुनेछ । वितरक एफडी कम्पनीको आग्रहमा यो फिल्मको मिति हेरफेर गर्न लागिएको हो ।
हेमराज वीसी निर्देशित यो फिल्ममा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकार पनि छन् । जसले पनि यो फिल्मलाई स्टारहरुको भरिभराउको रुपमा राखिदिएको छ । अनमोल भने आजै फिल्म ‘ड्रिम्स’ रिलिजका लागि कोरिया जान लागेका छन् ।
For More videos Log on to Mazzako TV