डिभोर्सपछि दुबइमा बस्ने तयारीमा मलाइका
बलिउडका हट जोडी मलाइका अरोरा खान र अरवाज खानको डिभोर्स भएको खबर त अब पक्का भैसकेको छ । यो जोडीले नै आफूहरु अलग भएको बताइसकेका छन् । तर, डिभोर्सपछि यी दुई कसरी अगाडि बढ्छन् भन्ने चर्चा पनि सुरु भएको छ । खबरलाई मान्ने हो भने, डिभोर्सपछि मलाइका दुबइमा बस्ने तयारीमा छिन् । यसका लागि उनले दुबइमा फ्ल्याट पनि किनेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् ।
दुबइमा समय समयमा पुग्ने तयारीमा रहेकी मलाइका विस्तारै उतै स्थापित हुने सोचमा रहेको वुझिन्छ । मलाइका खान परिवारबाट पूर्ण रुपमा अलग हुने तयारीमा रहेको मिडियाको दाबी छ । मलाइ र अरवाज अहिले पनि अलग अलग रुपमा बस्दै आएका छन् । अभिनेता अरवाज खान भने आफ्नो परिवारसँग नै बस्नेछन् ।