साउनमा ढुक्क हुन सकेनन् छवि, दशै नै चाहियो
निर्माता छविराज ओझा साउन महिनामा ढुक्क हुन सकेनन् । चैत्र २६ गते अभिनेत्री रेखा थापासँग जुध्नु परेपछि एकाएक पछि सरेका छवि श्रावण २८ गते पुगेका थिए । तर, श्रावण २८ गते पनि छवि ढुक्क हुन सकेनन् । किनकी, उनले अहिलेसम्म दशै, तिहार र नयाँ बर्ष बाहेक अरु मितिमा फिल्म नै रिलिज गरेका छैनन् ।
यसैले श्रावण २८ गतेलाई तोकिएको उनको फिल्म ‘किस्मत २’को प्रदर्शन मितिलाई दशैको बिदामा पु¥याइएको छ । अब, यो फिल्म असोज २१ गतेबाट चल्ने भएको छ । दसैमा कुनै पनि फिल्मले प्रदर्शन मिति तय नगरेको मौका छोपेर छविले असोज २१ गतेबाट फिल्म लगाउने भएका हुन् ।
दसैको बिदामा फिल्मले राम्रो व्यापार गरेको पाइन्छ । ऋषि लामिछाने निर्देशित यो फिल्ममा शिल्पा पोख्रेल, किशोर खतिवडा मुख्य भूमिकामा छन् ।
For More videos Log on to Mazzako TV