फिल्म प्रदर्शनको समयमा अभिनेत्री रेखा थापाले जस्तो फन्डा कमैले मात्र गर्छिन् । कुनै न कुनै फन्डा गरेर रेखाले फिल्मलाई एउटा उचाइमा लगेकी हुन्छिन् । उनै रेखाले निर्माण गरेको फिल्म ‘रामप्यारी’ चैत्र २६ गतेबाट लाग्दैछ ।
Rekha Thapa 7
रेखाले अब, यो फिल्म चलाउनका लागि एमाओवादी निकट मजदुरको साथ मागेकी छिन् । रेखाले अखिल नेपाल ट्रेड यूनियन महासंघको केन्द्रिय समितिको कार्यक्रममै पुगेर आफूले मजदुरको कथामा फिल्म बनाएको भन्दै हेरिदिन आग्रह गरिन् ।

उनले फिल्ममा आफू ट्याम्पु ड्राइभर मजदुर महिलाको भूमिकामा देखिएको पनि बताइन् । केन्द्रिय समितिको बैठकमा समय माग्दै रेखाले मजदुरसँग यस्तो आग्रह गरेकी थिइन् ।

सविर श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा रेखा दोहोरो चरित्रमा देखिएकी छिन् ।

For More videos Log on to Mazzako TV