रेखालाई किन आवश्यक पर्यो ‘रामप्यारी’को दोश्रो ट्रेलर
अभिनेत्री रेखा थापाले फिल्म ‘रामप्यारी’को दोश्रो ट्रेलर पहिलो ट्रेलर सार्वजनिक भएको केही दिनमै सार्वजनिक गरिन् । प्राय फिल्मको एउटा मात्र ट्रेलर बनाउने चलन छ । तर, रेखाले भने २ वटा प्रचार सामाग्री तयार गरिन्, किन त ?
पहिलो ट्रेलरमा रेखाको द्धन्द्धात्मक अवतार मात्र प्रस्तुत गरिएको थियो । यसैले पनि दोश्रो ट्रेलरमा संवादलाई स्थान दिदै सार्वजनिक गरिएको हो । सविर श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा रेखा थापा, सविन श्रेष्ठ, आश्मा डीसी र आभाष अधिकारी मुख्य भूमिकामा छन् । फिल्म चैत्र २६ गतेबाट देशभर रिलिज हुन लागेको छ ।