एक गहनाको ब्रान्ड एम्बेसडर भएपछि बलिउड अभिनेत्री कंगना रनौटलाई आफू सुन्दर लाग्न थालेको छ । यो ब्रान्डलाई पहिला अभिनेत्री दीपिका पादुकोणले प्रमोशन गर्दै आएकी थिइन् । दीपिकाको हातबाट कंगनाको हातमा यो गहनाको ब्रान्ड पुगेको हो । बलिउडमा दीपिका र कंगनाविच ३६ को आँकडा छ ।
kangana
कंगनाले यस बिषयमा भनिन्-‘ब्रान्डलाई यस पटक सुन्दर अनुहारका साथै बलियो पर्सानालिटी पनि चाहिएको थियो । समय अनुसार मानिसको माग पनि बदलिन्छ । यो एउटा प्रक्रिया नै हो । हामी कसैको ब्रान्डलाई छिन्छौ त कसैले हाम्रो ब्रान्डलाई छिन्ने काम गर्छ ।’

दीपिका भन्दा आफूलाई बलियो आत्मविश्वास र पर्सानालिटी भएको बताएर कंगनाले फेरि अर्को झगडाको विरुवा रोपेकी छिन् ।

For More videos Log on to Mazzako TV