गतबर्ष ओठमै चुम्बन, यो बर्ष के त आर्यन र सपनाको ?
गतबर्ष आयोजना भएको होली पर्वमा अभिनेता आर्यन सिग्देलले आफ्नी पत्नी सपना भण्डारीलाई ओठमै चुम्बन गरेका थिए । आर्यनले सपनालाई उनको ओठमा एक घरको कम्पाउण्डमा चुम्बन गरेका थिए । यस बर्षको होलीमा भने आर्यन र सपनाको यस्तो क्रियाकलाप देखिएन । तर, पनि आर्यन र सपनाको प्रेम भने झल्कियो ।
गोपिकृष्ण टीभी फिल्मले आयोजना गरेको होली विशेष कार्यक्रममा सहभागी हुन पुगेका आर्यन र सपनाले एक अर्कामा प्रेम दर्शाए । आर्यनले सेल्फी स्टिकबाट सपनासँग सेल्फी लिए । सपनाले पनि आर्यनलाई प्रेम दर्शाउदै रंग दलिदिइन् । सपना र आर्यनले विभिन्न पोजमा तस्बिर खिचाए ।
तर, गतबर्षको जस्तो आर्यनले सपनाको ओठमै चुम्बन भने गरेनन् । जे भएपनि आर्यन र सपनाले एक अर्काको वैवाहिक जीवन मजुवत बनेको प्रमाण स्पष्ट देखाएका थिए ।