बलिउडका चर्चित जोडी अरवाज खान र मलाइका अरोरा खानको डिभोर्स हुन लागेको खबर अहिले सर्वाधिक चर्चामा छ । यो जोडीले डिभोर्सको खबरलाई स्पष्ट रुपमा स्विकार नगरेपनि मिडियामा पनि यो खबर रंगिन बनिरहेको छ । केही दिन अगाडि मुम्बइ मिररले मलाइकाले छोरा आहानको सम्पुर्ण खर्च आफै ब्यहोरिरहेको खबर छापेको थियो ।
malaika and arbaj
अब, बलिउड लाइफ नामक वेभसाइटका अनुसार अरबाजको असफल करिअर नै यो जोडी अलग हुनुको मुख्य कारण मानिएको छ । अरवाज करिअरमा खासै सफल नहुनु र उनको नामसँगै सलमान खानको नाम पनि जोडिनुले मलाइकालाई केही असहज भैरहेको थियो ।

सलमान खानले उनको पहिरनदेखि विभिन्न कुरामा हस्तक्षेप गर्ने गरेकाले मलाइकाले खान परिवारमा आफूलाई फिक्का पाएकी थिइन् । यही बिषयलाई लिएर मलाइका र अरवाजविच लामो समयदेखि खटपट सुरु भएको थियो । यही कारण नै यो जोडी अलग हुनेको कारण मानिएको छ ।

For More videos Log on to Mazzako TV