बर्बाद हुन धेरै फिल्म खेल्नै पर्दैन
साच्चै जसरी हिट हुनका लागि धेरै फिल्म खेल्न पर्दैन । त्यस्तै बर्बाद हुनका लागि पनि धेरै फिल्म खेल्नै पर्दैन । नपत्याए, ‘एटीएम’ भन्ने फिल्मलाई हेरौ । यसले १ जनाको होइन, ५ जनाको करिअर बर्बाद बनाइदियो । फिल्मका निर्देशक यादव सिलवाल यो फिल्म निर्देशन गरेसँगै फिल्म क्षेत्रबाट नै पलायन भए । यसका निर्माता तथा अभिनेता दीनेश थापा पनि यही फिल्म खेलेर विदेश पलायन भए ।
सबैभन्दा बर्बाद त यो फिल्म खेलेर ३ अभिनेत्रीलाई भयो । फिल्म नचलुन्जेलसम्म खुबै चर्चा पाएका जीया केसी, सोनिया शर्मा, सविना कार्की रिलिज भएसँगै बर्बाद भए र अहिले हराए जस्तै छन् । जीया अभिनेता भूवन केसीसँग गुपचुप लिभिङ टूगेदरमा छिन् । सोनिया कता छिन् कसैलाई पत्तो छैन । अर्की अभिनेत्री सविना कार्की केही फिल्ममा देखिएपनि खासै चर्चामा छैनन् ।
अश्लिल फिल्मले नै डुबाएका अभिनेता र अभिनेत्रीको सूची लामै छ नेपाली फिल्म क्षेत्रमा । मोनिका दाहाल, महिमा सिलवालदेखि सुमिना घिमिरेसम्म उत्तेजक दृश्य दिएकै कारण डुबेका छन् । तर, फिल्म ‘एटीएम’ जस्तो ५ जनाको करिअर नै डुबाउने फिल्म सायदै बनेको होला ।
For More videos Log on to Mazzako TV