एक महिलाले आर्यनलाई भनिन्, ‘रातभरि गफ गरेको बिर्सेको ?’ त्यसपछि आर्यन ट्वा…
फेसबुकमा नक्कली आईडीले नायक आर्यन सिग्देललाई हैरान पारेको रहेछ । मज्जाको अनलाईनसँगको एक भेटमा आर्यन निकै आक्रोसित देखिए । ‘फेसबुकमा आजकल नक्कली आर्यन सिग्देलहरुले मेरो दिमाग खराब गराई सके’, उनले भने ‘हात धोएरै मलाई सिद्याउन लागि परेका छन कि क्या हो ?’
नक्कली आर्यनको कर्तुतले आफुलाई भएको केही तनावहरु उनले यसरी सेयर गरे ।
‘एक पटक सुटिमा जादाँ एकजना महिला आउनु भो । त्यसपछि मसँग सोध्नु भो, ‘आराम हुनुहुन्छ’ । मैले भने, ‘म आराम छु’ । ‘अनि तपाई चाहि को ‘ भनि सोधे । वहाँ भन्नु हुन्छ ,’कस्तो नचिनेको त्यत्रो रातभरि रातभरि गफगरेको मान्छेलाई पनि नचिने झै गर्ने ?’ म त छक्क परे अनि भने ‘म रातभरि तपाईसँग कुरा गरे भने भोली सुटिङ्गमा कसरी जान सक्छु । फेरी म त विवाहित मान्छे ।’ वहाँ भन्नुहुन्छ ‘तपाईले नम्बर पनि दिनु भाको थियो ।’ वहाँले नम्बर देखाउनु भयो । त्यसपछि मैले भने ‘हेर्नुस् यो नम्बर मेरो होईन, म कसैलाई हत्तपत्त नम्बर नै दिदिन, नपत्याए कल गर्नुस्, मेरो हातमै मोबाईल छ ।’ वहाँले कल गर्नुभो, रिङ्ग गयो अर्कैतिर । अनिमात्र वहाँलाई विश्वास भयो कि नक्कली आर्यनले वहाँसँग च्याट गरिरहेको छ ।’
‘त्यस्तै, अस्ति भर्खरै पनि दाङ्गमा त्यस्तै भयो । त्यहाँ पनि एकजना शुभचिन्तक महिला आउनु भयो । नजिक आएर भन्नुभो , ‘चिन्नुभएन ?’ ‘चिनिन् त तपाई फिल्म लाईनको हो र ? फिल्ममा काम गरे जस्तो त लागेन’, वहाँ भन्नुहुन्छ , ‘म फिल्ममा त काम गर्दिन तर तपाईसँग फेसबुकमा कति कुरा हुन्छ, दाङ्ग आएपछि भेटौला भन्नुहुन्थ्यो त ?’ ‘फेसबुकमा कुरा हुन्थ्यो भने म होईन त्यो नक्कली आईडी हो ।’ यसरी धेरै जनालाई जस्टिफाई गर्दा गर्दा म हैरान भईसके ।’
नायक आर्यन सिग्देलको नाममा फेसबुकमा सयौंको संख्यामा आईडीहरु छन् । उनी आफ्ना नाममा खोलिएका नक्कली आईडीहरुबाट निकै हैरान भएका छन् । आर्यनका नक्कली अईडीहरुबाट विशेषत केटीहरुसँग नानाथरी गफ गर्नाले आफ्नो बारेमा बजारमा नकारात्मक छाप पर्न थालेको उनी बताउछन् ।
फेसबुक आईडीमा आएको म्यासेजको रिप्लाई गर्न आर्यन भ्याउदैनन् । उनी आफ्नो बारेमा केही जिज्ञासा भएमा आफ्नो अफिसियल फेसबुक पेजमा गएर हेर्न अनुरोध गर्छन् । ‘फेक आईडी’बाट कसैलाई म्यासेज जान्छ, च्याट हुन्छ भने त्यो आफु नरहेको उनी बताउछन् । ‘मेरो म्यासेज बक्समा दिनमै हजारौं म्यासेज आएको हुन्छ, त्यो म्यासेजलाई मैले रिप्लाई गरेर, च्याट गरेर बस्ने मसँग समय हुदैन्’, आर्यन भन्छन्, ‘मेरो नामको आईडीहरुसँग च्याट गरेर गलत सोचाईहरु नराख्न सबैलाई अनुरोध गर्दछु।’
त्यस्तै उनले आफ्नो नामको आईडी बनाएर आफ्नो बदनाम नगर्न पनि नक्कली आर्यन सिग्देलहरुलाई आग्रह गरेका छन् । नभए चाँडै् कडा कदम अपनाउने पनि उनले बताए ।
For More videos Log on to Mazzako TV