अर्चना पनेरुको फिल्मलाई बोर्डले इजाजत दिएन, प्रहरीले पोखरामा समात्यो
चलचित्र विकास बोर्डले इजाजत नदिएपनि छायांकन भैरहेको फिल्म ‘जिस्म’ यूनिटलाई प्रहरीले प्रहरी कार्यलय बोलाएको छ । पोखराका विभिन्न स्थानमा छायांकन भैरहेको समयमा विकास बोर्डले पत्र पठाएर आवश्यक सहयोगका लागि आग्रह गरेपछि प्रहरीले छायांकन स्थलबाटै प्रहरी कार्यलय बोलाएको हो ।
फिल्मको निर्माण इजाजत नभएकाले गर्दा प्रहरी कार्यलय बोलाइएको वुझिएको छ । विकास बोर्डले कलाकार र फिल्मको बिषयवस्तु हेर्दा इजाजत दिन आवश्यक नभएको भन्दै इजाजत नदिएको पत्र जिल्ला प्रशासन कार्यलयमा पठाएको थियो । जिल्ला प्रशासनको आदेशमा प्रहरीले उनीहरुलाई पोखराको रामबजार चौकीमा बोलाएको हो । अहिले उनीहरुलाई जिल्ला प्रशासन कार्यलयमा वुझाइएको छ ।
निर्देशक राजु गिरीको निर्देशनमा बनिरहेको यो फिल्ममा पोर्न स्टार बन्छु भन्दै चर्चामा आएकी अर्चना पनेरु मुख्य भूमिकामा छिन् । फिल्मको कथावस्तु पनि बोर्डमा वुझाइसकेको भन्दै राजकुमार राइले आफूहरुलाई फसाउन लागेको आरोप निर्देशक गिरीको छ । उनले फिल्म कस्तो बन्छ भनेर भोली सेन्सर बोर्ड र दर्शकले नै छिनोफानो गर्ने भन्दै राजकुमार राइको दादागिरीको विरोध गरेका छन् । अब, फिल्मको छायांकन अन्यौलमा परेको छ ।
For More videos Log on to Mazzako TV