दीपशिखा शिखा बनिन्, तर दिएन भाग्यले साथ
फिल्म नगरिमा अपेक्षा अनुसार नचलेपछि अभिनेत्री दीपशिखा शाहीले आफ्नो नाम नै परिवर्तन गरिन् । उनले दीप हटाएर शिखा मात्र राखिन् । तर, पनि उनको करिअर चम्केको छैन ।
‘मानव, रंग’ जस्ता फिल्म असफल भएपछि शिखा हराएजस्तै छिन् । फिल्म ‘ईच्छा’बाट हिट हुने उनको इच्छा पुरा हुन सकेन । यसैले पनि शिखालाई अहिले फिल्म नगरिमा खासै खोजिदैन ।
शिखाको सुन्दरताको तारिफ त खुबै हुन्छ । तर, सुन्दर भएपनि शिखा अपेक्षा अनुसार चल्न सकेकी छैनन् । ‘जंगे’ उनका लागि करिअर अगाडि बढाउने एउटा अस्त्र हो ।
For More videos Log on to Mazzako TV