जेलमा गधाले पनि नखाने खाना दिइएको संजयको भनाई
बलिउड अभिनेता संजय दत्त करिब ४ बर्ष लामो जेल सजायँ भोगेर जेलबाट बाहिर आइसकेका छन् । तर, उनले जेलबाट बाहिर आइसकेपछि दिएको एक अभिव्यक्तिले अहिले हंगामा मच्चाइरहेको छ ।
पुणेको यरवडा जेलमा सजायँ काटेका संजयका अनुसार जेलमा दिइने खाना यति नराम्रो थियो कि जुन गधाले पनि खान लायक थिएन । उनले खानामा किरा हुने गरेको समेत खुलाएका छन् । आफूलाई सुरक्षाका कारण एक्लै राखिएको भन्दै उनले हरेक दिन बिहान ६ बजे उठेर परिवारको याद गर्दै रुने बताए ।
खानमा हुने किरा आफूहरुले प्रोटिनका लागि खाने गरेको संजयको भनाई छ । आफू जेल जाने समयमा १०० केजी रहेको र बाहिर निस्कदा करिब ४० केजी तौल घटेको उनको भनाई छ ।
For More videos Log on to Mazzako TV