बलिउड अभिनेत्री विपशा वासु र अभिनेता करण ग्रोवर प्रेममा छन् । करिब १ बर्षदेखि यी दुई डेटमा छन् । सार्वजनिक कार्यक्रमदेखि बिदा मनाउने क्रममा पनि यी दुई एकसाथ हिड्छन् । karan and bipasha

यो जोडीको बिहे हुने खबर पनि बाहिरिएको थियो । तर, अहिले यो चर्चा सेलाएको छ । यसको मुख्य कारण करणकी आमा रहेको भारतीय मिडियाको दाबी छ । करणकी आमा दीपा सिंहलाई विपशा मनपर्दैन ।

यसैले पनि उनले विपशालाई आफ्नी बुहारीको रुपमा हेर्न नसक्दा यी दुइको बिहेको कुरा अगाडि बढ्न नसकेको हो । विपशाको जीवनमा यस अगाडि पनि डिनो मोरियो, जोन अव्राहिम जस्ता अभिनेता आइसकेका छन् । यही विगतलाई देखेर करणकी आमाले उनलाई बुहारी मान्न नसकेकी हुन् ।

For More videos Log on to Mazzako TV