चैत्र २६ गते फिल्म ‘किस्मत २’ प्रदर्शन नगर्ने भित्री तयारी भएपनि निर्माता छविराज ओझाले यो बिषयमा औपचारिक रुपमा मुख खोलेका थिएनन् । तर, छविको फिल्म अब चैत्रमा नभएर साउनमा चल्ने जानकारी वितरक गोपाल कायस्थले गराएका छन् ।

Chhabi Raj Ojha 1

अब छविको ‘किस्मत २’ साउनको २८ गतेबाट देशभर रिलिज हुने भएको छ । आउँदो बर्ष पनि साउन र भदौमा राम्रा र चल्तीका ब्यानरका फिल्मको भीड लाग्ने देखिएको छ । ‘संरक्षण’, ‘गाजलु’ जस्ता फिल्म पनि भदौमा चल्ने चर्चा छ ।

शिल्पा पोख्रेल, किशोर खतिवडा लगायतका कलाकारले अभिनय गरेको ‘किस्मत २’को कुनै पनि लुक सार्वजनिक गरिएको छैन । वुझिएअनुसार छविले ज्योतिषलाई हात हेराएर फिल्मको मिति सारेका हुन् ।

For More videos Log on to Mazzako TV