म्यूजिक भिडियोमा रुचाइएका मोडल पल शाह ‘नाई नभन्नु ल ४’ बाट नेपाली रजतपटमा डेब्यू गर्दैछन् । पलले काम गरेका थुप्रै भिडियो अझै पनि टीभीमा बज्छन् । यसैले पनि दर्शक फिल्म र भिडियोको गीतमा कन्फ्यूज हुने गरेका छन् । केही फ्यानले त उनीसँग यो कुरा शेयर पनि गरेका छन् ।
barsha and Paul Shah
पलले आफूले फिल्म अफर आएपछि भिडियोमा काम गर्न कम गरेको बताए । तर,अहिले टीभीमा आएका भिडियोहरु आफूले फिल्ममा काम गर्नु भन्दा अगाडिको भएको पलको भनाई छ । उनले भिडियो र फिल्मको गीत एकसाथ आउँदा फिल्मलाई केही असर गर्ने स्विकार पनि गरे । यसैले भिडियो कम गरेको पलको भनाई छ ।

पलसँगै म्यूजिक भिडियोबाट फिल्ममा आउन लागेकी मोडल बर्षा राउतको पनि भिडियो प्रशस्त छन् । यसैले यी दुइले काम गरेका फिल्मका गीतमा दर्शक झुक्किएका छन् । के अब यो जोडीले भिडियो खेल्न कम गर्लान्  ?

For More videos Log on to Mazzako TV