करिनाको पार्टीमा प्रहरीको हस्तक्षेप ?
बलिउडका अभिनेता, अभिनेत्रीहरु पार्टीमा रमाउन खुबै चाहन्छन् । कुनै न कुनै बहानामा उनीहरु पार्टी गर्छन् । तर, सोमबार बेलुकी अभिनेत्री करिना कपुरले आयोजना गरेको पार्टी भने विचमै रोक्नु परेको थियो ।
करिनाको घरमा भएको पार्टीमा करण जोहर, सोनम कपुर, करिश्मा कपुर, मलाइका अरोरा खान जस्ता हस्ती पुगेका थिए । करिनाले यो पार्टी आफ्नो नयाँ फिल्म कि एन्ड काका लागि राखेकी थिइन् ।
तर, मध्यरातसम्म पार्टीमा झुमेका यी कलाकारलाई समय पत्तो भएन । मध्यरातसम्म ठूलो आवाजमा म्यूजिक र हल्ला भएपछि प्रहरीले पार्टीमा हस्तक्षेप गर्यो र पार्टी रोक्यो ।
For More videos Log on to Mazzako TV