दया र प्रियंकाको यस्तो तयारी
फिल्म झोलेमा काम गरेपछि अभिनेता दयाहांग राई र अभिनेत्री प्रियंका कार्कीको जोडी खुबै जमेको छ । रील लाइफमा मात्र होइन, रियल लाइफमा पनि यो जोडी चर्चित छ । एकअर्कालाई मिल्ने साथी बताउने दया र प्रियंका अब भने व्यवसायिक रुपमा पनि सहकार्य गर्ने तयारीमा लागेका छन् ।
नयाँ बर्षबाट यी दुइले फिल्म प्रोडक्शन कम्पनी खोल्दैछन् । जसबाट बर्षमा एउटा फिल्म आफ्नै लगानीमा बनाउने तयारी यी दुइको छ । दया र प्रियंकाले अरुको ब्यानर र लगानीमा काम गर्दा निर्वाहा गर्न नपाएका भूमिकालाई आफूहरुले आफ्नै ब्यानरमा काम गर्दा पुरा गर्ने बताएका छन् ।
फिल्म निर्माण कम्पनीले पहिलो फिल्म आउँदो फागुनबाट सुरु गर्नेछ । सुरुका केही फिल्ममा दुबै जनाले अभिनय गर्ने र पछि अरु कलाकार लिन सक्ने उनीहरुको भनाई छ । अब, व्यवसायिक रुपमा पनि नजिक भएपछि प्रियंका र दया एकअर्काबाट टाढा नहुने सोचमा देखिएका छन् । नजिकको साथी भएकाले पनि यी दुई आफूहरु मिल्ने बताउँछन् ।
For More videos Log on to Mazzako TV