५१ बर्षमा आमिर, सलमानको बिहेबारे यसो भने
बलिउड अभिनेता आमिर खान आजबाट ५१ बर्षमा लागेका छन् । उनले आफ्नो जन्मदिन मिडियाको साथमा सेलिब्रेशन गरेका छन् । जन्मदिन मनाइरहदा उनका साथी अभिनेता सलमान खानको बिषयमा सोधिएको प्रश्नमा उनले रोचक जवाफ दिए ।
सलमानको बिहेको बिषयमा आमिरले आफूले कन्भिन्स गरेको खण्डमा सलमानले बिहे गर्ने बताए । यसैले आफूले कहिले पनि सलमानलाई बिहेका लागि कन्भिन्स नगराएको उनको भनाई थियो ।
यो बर्ष उनले आफ्नी आमालाई बनारसमा घर उपहार दिन चाहेको पनि बताए । उनले राजनीतिमा जाने कुरालाई पनि नकारेका छन् । आफू चर्चित भएपनि राजनीतिमा नजाने उनको भनाई थियो । आमिरले अभिनय गरेको फिल्म दंगाल क्रिसमसको अवसरमा रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV