‘बिहे गरौ’ भन्नेलाई नाई भनेकी छिन् प्रियंकाले, पलको पनि उस्तै कुरा
फेसबुकमा राम्रै फलोअर्स कमाएकी अभिनेत्री प्रियंका कार्कीलाई ‘विल यू म्यारी मी’ भनेर खुबै प्रस्ताव आउँछ । तर, कार्कीले भने ठूलो अक्षरमा ‘नो’ भन्ने गरेकी छिन् ।
फिल्म नाई नभन्नु ल ४ को ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्रीलाई पत्रकारले प्रश्न सोधे-‘तपाइले के कुरामा ‘नाई’ भन्नु भएको छ ।’ कार्कीले बिहे गरौ भन्नेलाई नो भन्ने गरेको बताइन् । जीवनमा जवानीको समयमा केही प्रस्तावहरुलाई नाई भनेको भन्दै उनले अहिले संझदा पश्चताप नहुने बताइन् ।
फिल्मका मुख्य अभिनेता पल शाहले पनि आफूलाई प्रेम प्रस्ताव खुबै आउने गरेको बताए । प्रेम प्रस्ताव राख्नेलाई आफूलाई साथ दिन आग्रह गरेको पलको भनाई छ ।
रमाइलो शैलीमा आयोजना गरिएको कार्यक्रममा पत्रकारले कलाकारलाई दिल खोलेर प्रश्न राखे । फिल्मका निर्देशक विकास आचार्यले पत्रकार सम्मेलनमा फिल्मको हिरो आफू भएको बताए । फिल्मको हिरो पल कि अनुभव भन्ने प्रश्नमा उनले विकास आचार्य भएको बताए ।
चैत्र २६ गतेबाट रिलिज हुने यो फिल्मको गीतसंगीतले अहिले चर्चा पाएका छन् । अनुभवले भने आफूलाई प्रियंकाले पिट्ने गरेको बताए भने अन्य ३ कलाकारसँग पनि मिल्ने गरेको सुनाए । निर्देशक विकास आचार्यले फिल्म रेखा थापाको रामप्यारीसँग जुधेपनि त्यसले आफूलाई इनर्जी मिलेको बताए ।
For More videos Log on to Mazzako TV