फिल्म अभिनेत्री शिल्पा पोख्रेलले बिहे गर्न लागेकी हुन् त ? अहिले शिल्पा आफूलाई मोबाइलमा यही प्रश्न गरेर पत्रकारदेखि फ्यानले फोन गरेपछि हैरान छिन् । चित्रपट नामक फिल्मी कार्यक्रममा शिल्पाले इन्गेजमेन्ट गरेको र बिहे गर्न लागेको खबर सार्वजनिक भएपछि उनलाई फोन गरेर यस बिषयमा चासो राख्ने बढेका छन् ।
Shilpa pokhrel
शिल्पाले नर्वेमा बस्दै आएका एनआरएन विनोद कार्कीसँग इन्गेजमेन्ट गरेको खबर चित्रपटबाट प्रशारण भएको थियो । शिल्पाले भने विनोद आफ्नो भिनाजुको भाइ भएको भन्दै इन्गेजमेन्टको खबरलाई हल्ला मात्र भनेकी छिन् । फिल्म फागू असफल भएपछि शिल्पाको करिअरका बिषयमा विभिन्न खालका चर्चा पनि चलेका छन् ।

शिल्पाले केही महिना अगाडि मात्र काठमाण्डौमा सम्पन्न भएको एन आरएनको सम्मेलनमा नेपाल आएका विनोदसँग इन्गेजनमेन्ट गरेको चर्चा फिल्म वृत्तमा चलेको छ ।

For More videos Log on to Mazzako TV