गाँठोले जन्मायो नयाँ नम्रता श्रेष्ठलाई
नेपाली फिल्म क्षेत्रमा कलाकारको नाम मिल्नु कुनै नौलो कुरा होइन । तर, नाम र थर नै मिल्नु अचम्मको कुरा हो । अब, एक चर्चित अभिनेत्रीको नामसँग मिल्ने गरि अर्की अभिनेत्रीले पनि फिल्म क्षेत्रमा पाइला राखेकी छिन् ।
नम्रता श्रेष्ठ नेपाली फिल्म नगरिका लागि नयाँ नाम होइन । सानो संसार डेब्यू अभिनेत्रीका मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक जस्ता हिट फिल्म छन् । उनै, नम्रताको नामसँग मिल्दोजुल्दो हुने गरि अर्की नम्रता श्रेष्ठ पनि फिल्म नगरिमा आएकी छिन् । निर्देशक सुरज भुषालले आफ्नो नयाँ फिल्म गाँठोमा नम्रता श्रेष्ठलाई डेब्यू गराएका हुन् ।
यो फिल्ममा नाजिर हुसेन र अभय बरालले नम्रतालाई साथ दिनेछन् । मोडलिङमा लागेकी नम्रता अब यो फिल्मबाट अभिनेत्री पनि बनेकी छिन् । फिल्मको छायांकन पोखराबाट सुरु गरिएको छ । तिलक क्षेत्रीसँग मिलेर बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा सुरजले यो फिल्म बनाउन लागेका हुन् । १ महिनामा फिल्मको छायांकन सकिनेछ ।
For More videos Log on to Mazzako TV