‘लक्ष्य’को व्यापार सविनका लागि भन्दा अनु र सारिकाका लागि विशेष
चैत्र ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लक्ष्य’लाई एक्सन प्रधान भनिएको छ । मिलन आले मगरको निर्देशनमा तयार भएको फिल्ममा सविन श्रेष्ठ, अनु शाह र सारिका केसी मुख्य भूमिकामा छन् । फिल्म ‘लक्ष्य’मा अभिनेता सविन श्रेष्ठले एक्सनमा विशेष मिहिनेत गरेका छन् ।
यो फिल्म सविनका लागि भन्दा पनि २ अभिनेत्रीका लागि विशेष छ । किनकी, यही मितिमा सविनले अभिनय गरेको फिल्म ‘भाग् सानी भाग्’ पनि आउँदैछ । अभिनेत्रीद्धय अनु शाह र सारिका केसीका लागि फिल्म विशेष छ । किनकी, अनु फिल्म क्षेत्रमा जम्न सकेकी छैनन् ।
‘भैरव’ फिल्म हिट भएपनि उनी चल्न सकेकी छैनन् । यता, सारिका पनि फिल्म नगरिमा खासै नोटिस हुन सकेकी छैनन् । करोड बजेटमा बनेको यो फिल्मको एक्सन पाटोलाई लिएर अहिले निर्माणपक्ष पनि आशातित छ ।
For More videos Log on to Mazzako TV