नेपालमा फिक्का, भारतमा ५.५ करोड कमायो प्रियंकाको फिल्मले
प्रकाश झाले निर्देशन गरेको बलिउड फिल्म ‘जय गंगाजल’को व्यापार नेपालमा भने फिक्का देखिएको छ । बलिउडमा सर्वाधिक रुचाइएकी अभिनेत्री प्रियंका चोपडाको मुख्य भूमिका रहेको यो फिल्मले नेपालमा दर्शक तान्न सकेन ।
तर, भारतमा भने यो फिल्मको व्यापार ठीकै देखिएको छ । प्रदर्शनमा आएको पहिलो दिन फिल्मले भारतीय बक्स अफिसमा ५.५ करोडको कमाई गरेको छ । यो व्यापार ठूला ब्यानर र चर्चित कलाकारको हकमा भने सामान्य हो । यो फिल्मको प्रचार अभिनेत्री चोपडाले साथ पनि दिइनन् । फिल्मले नकारात्मक समिक्षा पाएको छ ।