करिश्मालाई बाबुरामकी भन्दा प्रचण्डलाई अप्ठ्यारो
फिल्म अभिनेत्री करिश्मा मानन्धरका बारेमा केही दिन अगाडि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको टिप्पणीले अहिले आलोचना भोगेको छ । नयाँ शक्ति नेपालमा लागेपछि प्रचण्डले करिश्मालाई आफूलाई मन पराएको चर्चा चलेपनि आखिर मन पराउने त बाबुराम पो रछन् भनेर टिप्पणी गरेका थिए ।
नयाँ शक्ति नेपाल अन्र्तगतको महिला विभागले विज्ञप्ती निकालेर प्रचण्डलाई माफी माग्न भनेको छ ।
राजनीतिमा लाग्न पाउने संवैधानिक अधिकार उपयोग गर्दै नयाँ शक्ति नेपालमा करिश्मा आबद्ध भएको भन्दै नयाँ शक्ति नेपालले विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ- ‘सम्मानित व्यक्तित्वमाथि कुनै राजनीतिक टिकाटिप्पणी गर्ने आधार नभेटेपछि नितान्त व्यक्तिगत चरित्रमाथि गरिएको प्रहारलाई हामी महिलामाथि गरिएको राजनीतिक हिंसा ठान्दछौं ।’ यस बिषयमा करिश्माले भने कुनै टिप्पणी गरेकी छैनन् ।
For More videos Log on to Mazzako TV