संसारभरका हिन्दी फिल्म हेर्ने दर्शकका लागि प्रतिक्षामा रहेको फिल्म ‘बाहुबली’ यो बर्ष रिलिज नहुने भएको छ । यो फिल्म हेर्न दर्शकले अझै १ बर्ष भन्दा बढी समय कुर्नुपर्नेछ ।
prabash
भीएफएक्सको काम धेरै हुने भएकाले पनि ‘बाहुबली २’ तयार पार्न समय लागेको हो । एसएस राजमौलीले निर्देशन गरिरहेको यो फिल्मको अघिल्लो भागले बक्स अफिसमा हंगामा मच्चाएको थियो ।

प्रवास र तमन्ना भाटियाको मुख्य भूमिका रहेको ‘बाहुबली’ले भारतमा मात्र ५ सय करोड बढी कमाएको थियो । हिन्दी भर्सनमा मात्र यो फिल्मले सय करोड माथि कमाएको थियो । ‘बाहुबली २’ सन् २०१७ को अप्रिल १४ मा रिलिज हुने भएको छ ।

For More videos Log on to Mazzako TV