बलिउडका हिरो तथा सानो पर्दाका चर्चित कमेडियन कपिल शर्माको नयाँ टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ को प्रोमो सार्वजनिक गरिएको छ । कपिलको यो नयाँ टेलिभिजन कार्यक्रम अब सोनी टेलिभिजनमा आउनेछ ।

kapil-sharma-comedy-nights-with-kapil

४५ सेकेण्ड लामो सार्वजनिक प्रोमोमा सबै कलाकारहरु कालो सुटमा देखिएका छन् । प्रोमोमा सिद्दु पाजीको इन्ट्री हिरोको झै देखाईएको छ । सार्वजनिक भएको प्रोमोमा कपिलसँगै उनको पुरानो शो कमेडी नाईट विथ कपिलका सबै कलाकारहरु सुमोन चक्रवर्ती, कीकू शारदा, सुनिल ग्रोवर, चंदन प्रभाकर लगायत देखिएका छन् ।

कपिलको यो नयाँ कार्यक्रम अप्रिल २३ बाट सोनी च्यानलमा आउँदैछ । राती ९ बजे प्रसारण हुने यो शो को कम्पिटिशन कलर्स च्यानलमा सोही समयमा आउने कृष्ण अभिषेकको दुई शो ‘कमेडी नाईट्स बचाओ’ र ‘कमेडी नाईट्स लाईभ’ सँग हुनेछ ।

For More videos Log on to Mazzako TV