‘राहदानी’को अडियो लञ्च, प्रमोद र निशाले गाए गीत
चलचित्र ‘राहदानी’को एल्बम बजारमा आएको छ । फिल्मका निर्माता लक्ष्मीप्रसाद ढकाल, निर्देशक डब्बु क्षेत्री, गायक प्रमोद खरेल, गायिका नीशा देशार, संगीतकारहरु गैरे शुरेस, जुगल डंगोल लगायतले फिल्मको एल्बम बिमोचन गरेका हुन् ।
फिल्ममा ४ वटा गीत समावेश छ । ४ गीत मध्ये एउटा आइटम, एउटा राष्ट्रियता, वियोगका गीत समावेश छन् । रंग पत्रकार डब्बु क्षेत्रीले पहिलो पटक निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, रुपा खनाल, विनिता घिमिरे, मोनिका दाहाल मुख्य भूमिकामा छन् ।
फिल्म ‘राहदानी’लाई लिएर आफू उत्साहित भएको निर्देशक क्षेत्रीले बताए । उनले फिल्मले हरेक नेपालीको विदेशीनु पर्ने कथालाई रोचक र मार्मिक ढंगले देखाएको बताए ।
कार्यक्रममा गायक प्रमोद खरेल र निशा देशारले चलचित्रको गीत गाएर सुनाएका थिए । राहदानी चैत्र १२ गतेबाट नेपालभर लाग्नेछ । वितरक गोपाल कायस्थले देशभरका अधिकांश हलमा यो फिल्म लाग्ने बताए ।