बलिउड अभिनेता संजय दत्त जेलबाट रिहा भएका छन् । बिहिबार बिहान ८ बजे उनी पुणेको येरवडा जेलबाट रिहा भएका हुन् । उनी आफ्नो घर मुम्बइ पुगिसकेका छन् ।
sanjay-dutta
संजयलाई लिनका लागि उनका साथी सलमान खानले ४ जना बडिगार्ड पठाएका थिए । अवैध हतियार राखेको अभियोगमा उनलाई ५ बर्षको जेल सजाया सुनाइएको थियो । निर्देशक राजकुमार हिरानी, संजयकी पत्नी उनलाई लिन जेल पुगेका थिए ।

जेलबाट बाहिर निस्कदा संजयले झोला बोकेका थिए । पुणेबाट मुम्बइसम्म संजय चार्टर विमानमा पुगेका थिए । त्यहाँबाट उनी सिधै सिद्धिविनायक मन्दिर पुगेका थिए ।

घर पुगेर उनले आफ्ना पिता सुनिल दत्तलाई अन्तिम श्रद्धाञ्जली पनि दिएका छन् । बलिउडका कलाकारले संजय दत्तको रिहाइपछि खुशी व्यक्त गर्दै उनलाई वेलकम गरेका छन् ।

For More videos Log on to Mazzako TV