साहरुखको प्रेम सुहाना र आर्यन भन्दा अबरामलाई बढी
अभिनेता साहरुख खान कान्छा छोरा अबराम बिना रहन सक्दैनन् । साहरुखले फिल्म सुटिङका क्रममा अबरामलाई लिएर गोवामा घुमेको तस्बिर सार्वजनिक भएको थियो ।
अबराम अहिले साहरुख वा उनको साथमा बढी समय बिताइरहेका छन् । यसैले अबरामले कहिल्यै एक्लो महशुश नगर्ने गौरीको भनाई छ । अवराम धेरै समय बाबु साहरुख खानसँग फिल्मको सेटमा हुन्छन् । यदि, साहरुखले समय दिन भ्याएनन् भने पनि गौरीले उनलाई छाड्दिनन् ।
अबरामलाई सबैले टाउकोमा चढाएर राखेको गौरीको भनाई छ । साहरुख पत्नी गौरीलाई पनि लाग्छ यती प्रेम सायद उनका अघिल्ला दुई सन्तान आर्यन र सुहानालाई भएको थिएन । गौरीले हालै मात्र अबरामको कोठा पनि परिवर्तन गरेकी छिन् । साहरुखको परिवार विवादबाट टाढै रहन चाहन्छ । तर, अबराम आएपछि साहरुखको करिअर झनै चम्केको देख्न सकिन्छ ।
For More videos Log on to Mazzako TV