बाबुरामले हेरे करिश्माको ‘फागु’ (फोटो फिचर)
सदावहार नायिका तथा नयाँ शक्तिकी सदस्य समेत रहेकी करिश्मा मानन्धरले बनाएको चलचित्रलाई पुर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले हेरेका छन् । करिश्माले आइतबार राजधानीको दरबारमार्गस्थित क्युज सिनेमा हलमा फिल्म ‘फागु’ को विशेष शो राखेकी थिईन । विशेष शोमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई प्रमुख अतिथि बनेर पुगेका थिए ।
चलचित्रको बिषेश शोमा पत्नी हिसिला यमी सहित पुगेका भट्टराईले कार्य व्यस्तताका कारण पुरा फिल्म भने हेर्न पाएनन् । फिल्म सुरु भएको केही मिनेट पछि उनी हलबाट बाहिरिएका थिए । बाबुराम सहित आफ्नो सर्कलका फिल्मकर्मीलाई पनि करिश्माले ‘फागु’ हेर्न निमन्त्रणा दिएकी थिइन् ।
गत शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘फागु’ले विस्तारै पिक अप लिईरहेको निर्मात्री करिश्माको दावी छ । चलचित्रमा शिल्पा पोखरेल र सुवास पराजुलीको मुख्य भुमिका रहेको छ । त्यस्तै चलचित्रमा महानायक राजेश हमाल, करिश्मा मानन्धर, गौरी मल्ल, टिका पहारी, बसन्त भट्ट, प्रमोद अग्रहरी लगायत कलाकारहरुलाई पनि देख्न पाईन्छ । चलचित्रलाई सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी हुन् ।
For More videos Log on to Mazzako TV