‘सरवजित’मा यस्ती ऐश्वर्या
५ बर्षपछि कमब्याक गरेकी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फेरि अर्को फिल्ममा देखिदैछिन् । कमब्याक पछि उनको हातमा भटाभट फिल्मको ताती लागेको थियो । उनै ऐश्वर्याले काम गरिरहेको फिल्म ‘सरबजित’मा उनको लुक्स बाहिरिएको छ । उमंग कुमारले निर्देशन गरिरहेको यो फिल्ममा ऐश्वर्या एक सामान्य यूवतीको भूमिकामा छिन् । उनी फिल्मका मुख्य कलाकार रणदिप हुड्डाकी श्रीमतीको भूमिकामा फिल्ममा देखिएकी छिन् ।
अहिले यो फिल्मको छायांकन पंजावमा भएको छ । ऐश्वर्याकी मेकअप आर्टिस्टका अनुसार यो भूमिकाका लागि ऐश्वर्यालाई यस्तो बनाउन उनलाई खुबै चुनौती थियो । उनले यो चुनौती सामाना गर्न धेरै रिसर्च गरेकी छिन् ।
सरवजित नाम गरेका पाकिस्तानी कैदीको बिषयमा यो फिल्म निर्माण भैरहेको छ ।
For More videos Log on to Mazzako TV