बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई अभिनेता सुरज पंचोली मन परेको छ । यी दुबै कलाकार बलिउडमा अभिनेता सलमान खानको फिल्मका कारण चर्चामा आएकी थिए । यी दुइले हालै मात्र एक म्यूजिक भिडियोमा काम गरेका छन् ।

Jacquline
म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा पुगेका यी दुइले एक अर्कासँग फिल्म खेल्नका लागि आतुर भएको बताए । भिडियोमा काम गर्दा एक अर्कासँग नजिक भएको भन्दै दुबैले अब फिल्म गर्नका लागि प्रतिक्षा गरिरहेको सुनाए ।

ज्याकलिनका अनुसार जोसँग काम गरिन्छ, त्यो मानिस राम्रै हुनुपर्छ भन्ने छैन । तर, राम्रो मानिससँग समय बिताउँदा प्रभावित हुने गरेको ज्याकलिनको भनाई थियो ।

For More videos Log on to Mazzako TV