श्रृष्टीको ब्याग बोकिदिने को हुन् ?
पूर्व मिस नेपाल तथा फिल्म गाजलुकी अभिनेत्री हुन् श्रृष्टी श्रेष्ठ । जो वुधबार सामान्य पहिरनमा जय नेपाल हलमा देखिइन् । श्रृष्टी पुगेपछि मिडियाले तस्बिर कैद गर्नका लागि आग्रह गर्यो । श्रृष्टीले आफूसँग व्याग पनि बोकेकी थिइन्, जुन सामान्यतया अभिनेत्रीहरु कार्यक्रममा पुग्दा बोक्छन् ।
श्रृष्टीको ब्यागले तस्बिरमा अवरोध गरेछ क्यारे । उनको ब्याग लिएर बसिदिए चर्चित बैंकर अनिल शाह ।
अनिल शाहको हातमा श्रृष्टीको ब्याग लामै समय रह्यो । सायद, लामै समय सेल्फी र तस्बिर खिचाई चलेपछि अनिललाई पनि कस्तो कस्तो लागेछ क्यारे, उनले यो ब्याग मैले नै समातिरहने हो र भन्दै श्रृष्टीलाई दिए । तर, चर्चित बैंकरले श्रृष्टी र ऋचालाई छाडेनन् । एक जना मानिस नजिकै आएर अनिललाई यहाँ मात्र बस्ने कि भित्र पनि जाने भन्दै घुमाउरो शैलीमा ब्यङ्य कसे ।
तर, पनि अनिलले मोडल र अभिनेत्रीलाई छाडेनन् । जे होस्, जय नेपाल हलमा देखिएको अनिल शाह र मोडल तथा अभिनेत्रीको यो चहलपहल रोचक नै थियो ।
For More videos Log on to Mazzako TV