मनिष शर्मा निर्देशित फिल्म फ्यानमा समावेश जवरा फ्यान बोलको गीत रिलिज भएको छ । फिल्मका मुख्य अभिनेता साहरुख खानले मंगलबार आफूले पढेको क्याम्पस हन्सराजमा पुगेर गीत रिलिज गरेका हुन् ।
srk-fan
यो फिल्म अप्रिल १५ बाट संसारभर रिलिज हुनेछ । यो फिल्ममा अभिनेता साहरुख खान स्टार र फ्यान दुबैको भूमिकामा देखिएका छन् ।

फिल्म फ्यानमा गौरव नाम गरेका एक फ्यानको कथामा घुमेको छ । यशराज ब्यानरले निर्माण गरेको यो फिल्मलाई प्रतिक्षित मानिएको छ ।

वरुण ग्रोवरको शब्द, नकाश अजिजको स्वर तथा विशाल शेखरको संगीत रहेको यो गीतमा ५० बर्षका अभिनेता खानले दमदार नृत्य गरेका छन् । यो फिल्ममा साहरुख २५ बर्षका फ्यानको अवतारमा पनि देखिएका छन् ।

For More videos Log on to Mazzako TV