मोदीको डिनरमा आमिर खान, कता गयो असहिष्णुताको बयान ?
मेक इन इन्डिया वीको सुरुवातपछि शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डिनरको आयोजना गरेका थिए । सो डिनर पार्टीमा बलिउड अभिनेता आमिर खान पनि पुगेका थिए । आमिर खान मोदीको डिनरमा पुग्नुलाई धेरैले अचम्म मानेका छन् ।

किनकी, केही दिन अगाडि भारतमा असहिष्णुता बढेको भनेर आमिरले दिएको बयानले उनको खुबै विरोध भयो । यो विरोधमा मोदीको पार्टीका नेता र कार्यकर्ता सवैभन्दा अगाडि आए । मोदीले डिनरमा आमिरसँग भेट गरे ।
मोदीको यो डिनर पार्टी र मेक इन इन्डियाको वीकलाई शिव सेनाले नौटंकी भनेको छ । मोदीको पार्टीमा पुगेर आमिरले सम्बन्ध सुधार गर्न चाहेको देखिन्छ ।
For More videos Log on to Mazzako TV







