छोरीलाई चोट लाग्दा फोटोग्राफरसँग आगो भइन् ऐश्वर्या
बलिउड अभिनेत्री ऐश्वर्या राय आफ्नो छोरी आराध्याको रेखदेख आफै गर्छिन् । आराध्यालाई उनी आफ्नो फिल्मको छायांकन सेटमा पनि लाने गर्छिन् ।
फिल्म ए दिल हे मुश्किलको प्रोमो सुटका लागि मुम्बइको मेहबुब स्टूडियोमा पुगेकी बलिउड अभिनेत्री ऐश्वर्या राय एक फोटोग्राफरसँग आगो भएकी छिन् ।
आफ्नो भ्यानेटी भ्यानबाट निस्किएर छोरी आराध्यालाई कारमा राख्न चाहन्थिन् । यसपछि, पत्रकारको क्यामेरामा पोज दिने सोच थियो ऐश्वर्याको । तर, जब उनी छोरीलाई लिएर कारतर्फ जाादै थिइन्, एक फोटो पत्रकार उनको नजिक आइपुगे ।
सोही समयमा कारमा छिर्दै गरेकी आराध्या लडि्न र उनलाई सामान्य चोट लाग्यो । यसपछि के चाहियो र, ऐश्वर्या फोटो पत्रकारसँग रिसले चुर भइन् र पोज नै नदिई त्यहाँबाट निस्किइन् ।
बलिउडमा फोटो पत्रकार र कलाकारको यस्तो लफडा सामान्य मान्न थालिएको छ ।
For More videos Log on to Mazzako TV