बलिउड अभिनेता साहिद कपुर र अभिनेत्री प्रियंका चोपडाको प्रेम कथा त अब पुरानो भैसक्यो । साहिद मिरा राजपुतसँग  बिहे गरेर घरजममा व्यस्त छन् भने प्रियंका हलिउड सिरियलसम्मको यात्रामा पुगिसकेकी छिन् ।
sahid and priyanka
तर, मिडियाले यी दुइको बिषयमा अझै पनि प्रश्न सोध्न छाडेका छैनन् । नजिकिदो प्रेम दिवसको अवसरमा साहिदलाई अभिनेत्री चोपडासँगको प्रेमको बारेमा सोधिएको थियो । जसको जवाफ दिनु अघि साहिद खुबै रिसाए । तर, पछि उनले अभिनेत्री चोपडाको सफल करिअरको प्रशंसा पनि गरे ।

उनै साहिदले आफूले प्रेम दिवसमा पत्नी मिराको साथमा डिनर गर्ने बताए । साथमा मिराकै साथमा लबीडबी गर्ने योजना उनले सुनाएका छन् ।

बलिउडमा कुनै समय साहिद र प्रियंकाको प्रेम थियो । तर, यो जोडी कसरी अलग भयो भन्ने बारेमा भने केही खुलेको छैन ।

For More videos Log on to Mazzako TV