लोक गायक पशुपति शर्माको आकर्षण अब नेपाली फिल्ममा पनि देखिन थालेको छ । उनले ब्रासलेट फिल्मका लागि गाएको एक लोकगीतले अहिले खुबै चर्चा पाइरहेको छ ।
pashupati-sharma
उनै पशुपति शर्माले फिल्म प्रेमगीतको एक गीतमा पनि आवाज दिएका छन् । यो गीतमा उनी अभिनेत्री पूजा शर्मासँगै देखिएका पनि छन् ।

गीतमा शर्मा र पूर्णकला वीसीले आवाज दिएका छन् । अर्जुन पोख्रेलको संगीत, पशुपति शर्मा र टिका पुनको आवाज रहेको यो गीत फिल्म प्रदर्शन हुनुभन्दा एक साता अगाडि सार्वजनिक गरिएको छ । सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्ममा सन्तोष सेनको लगानी छ ।

फिल्ममा पूजा शर्मा र प्रदिप खड्काको अभिनय छ । अब, विस्तारै नेपाली फिल्ममा पनि लोकगीतले प्रवेश पाउन थालेका छन् ।

For More videos Log on to Mazzako TV