हलिउड हिरोको अंगालोमा दीपिका
हलिउड फिल्म ‘द रिटर्न अफ जन्डर केज’को लागि क्यानडा उडेकी बलिउड अभिनेत्री दीपिका पादुकोणले एक तस्बिर सार्वजनिक गरेकी छिन् । क्यानडा पुगेको २ दिनमै दीपिकाले फिल्म छायांकनको तस्बिर शेयर गरेकी छिन् ।

जसमा उनी हलिउड अभिनेता भिन डिजलसँगको एक तस्बिर उनले सार्वजनिक गरेकी हुन् । जसमा भिन आफ्नो शरीर शो गरिरहेका छन् भने दीपिका उनीसँगै छिन् ।
बलिउडका अभिनेत्रीहरु अहिले हलिउड फिल्म खेल्न मोहित छन् । यही भिडमा दीपिका पनि परेकी छिन् । बलिउडमा सफल फिल्म दिएर नम्बर १ पोजिशनमा रहेकी दीपिकाको हलिउड यात्रालाई लिएर पनि अहिले धेरै उत्साहित भएका छन् ।
अनिल कपुर, अमिताभ बच्चन, प्रियंका चोपडा, इरफान खान लगायतका बलिउड कलाकारले हलिउडमा पाइला राखिसकेका छन् ।
For More videos Log on to Mazzako TV







