केही अभिनेत्री यस्ता पनि छन्, जो निर्माताले उचालेकै भरमा आफूलाई चलेको ठान्छन् । आफू हिट भएको भ्रम पालेर पनि हिड्छन् । फिल्म ‘आधी बाटो’ रिलिजको बेलामा अभिनेत्री जेनिशा केसीको अवस्था यस्तै थियो । जेनिशा केसीको मात्र चर्चा, उनको मात्र समाचार मिडियामा आउथ्य । सायद, त्यतीबेला जेनिशाले आफूलाई खुबै चलेको महशुश गरेकी थिइन् ।
jenisha-kc
जेनिशाकै कारणले गर्दा अर्की अभिनेत्री अनु शाह प्रचारमा देखिइनन् । अनु र जेनिशाको बिषयमा मिडियामा खुबै चर्चा पनि भयो । तर, अहिले यी अभिनेत्री सुनसान छिन् । उनी यो क्षेत्रमा छिन्  या छैनन् भन्ने नै कमैलाई थाहा छ ।
जेनिशाको हातमा न त फिल्म छ, न त हल्ला खल्ली नै ।

जेनिशालाई ‘आधी बाटो’का निर्माता रमेश त्वयनाले राम्रै प्रमोशन फिल्म चल्दा गरे । यतिसम्मकी, फिल्मको एक गीतको छायांकनका लागि भन्दै जेनिशा मात्र वेलायत गइन् । तर, फिल्म चलेन ।

कतिपयले जेनिशाकै कारण फिल्म नचलेको पनि भने । जेनिशाको जुन हाइप फिल्म चल्दा थियो, अहिले निरन्तर छैन । निर्माताले मात्र उचालेर चलिदैन भन्ने सायद अभिनेत्री केसीले वुझिन् होला ।

For More videos Log on to Mazzako TV