दीपिका होइन सोनमको नजरमा कंगना उत्कृष्ट
बलिउडका अभिनेत्रीहरु कतिबेला कोसँग नजिक हुन्छन् भन्नै सकिदैन । कहिले कुनै अभिनेत्रीको चर्चा गरिरहेका हुन्छन् त कहिले कसैको । 
एक चर्चित रियालिटी शोमा अभिनेत्री दीपिका पादुकोणको प्रशंसा गरेकी अभिनेत्री सोनम कपुर अहिले कंगना रनावतको नजिक देखिएकी छिन् । कंगना र दीपिका बलिउडमा अहिले खुलेरै दुश्मनी मोलिरहेका छन् ।
सोनमले यो बर्षका लागि दीपिका नभएर कंगना अवार्डको हकदार भएको बताइन् । उनले तन्नु वेड्स मन्नु रिटन्र्सबाट कंगनाले देशका सबै प्रतिष्ठित अवार्ड जित्नुपर्ने दाबी गरिन् । उनले पीकुमा दीपिकाको भन्दा तन्नु वेड्स मन्नु रिटन्र्समा कंगनाको अभिनय उत्कृष्ट भएको बताइन् ।
तर,कंगनाले अवार्डमा जानै छोड्न भने नहुने सोनमको भनाई छ । सोनमले आफूले पनि दिल्ली ६ बाट अवार्ड नपाउँदा खुबै दुख लागेको बताएकी छिन् । यो बर्षका उत्कृष्ट फिल्ममा बजरंगी भाइजान र तन्नु वेड्स मन्नु रिटन्र्स रहेको सोनमको भनाई छ ।
For More videos Log on to Mazzako TV







