साहरुखलाई चाहियो प्लने किन्ने पैसा
सम्पत्तीका समेत किङ मानिने बलिउड अभिनेता साहरुख खानले अझै आफ्नो एक इच्छा पुरा गर्न सकेका छैनन् । उनी भन्दा कम सम्पत्ती भएका बलिउड अभिनेता अमिताभ बच्चनले पुरा गरेको इच्छा साहरुखले भने पुरा गर्न सकेका छैनन् ।

३६ अर्ब सम्पत्तीका मालिक साहरुख खान आफ्नै प्लेन किन्न चाहन्छन् । तर, उनको यो चाहना पुरा हुन सकेको छैन । उनले आफ्नो साथमा पैसा नभएकाले प्लेन किन्न नपाएको बताएका छन् ।
साहरुखले आफूले कमाएका सबै पैसा फिल्म निर्माणमा लगानी गरेका कारण पनि प्लेन किन्ने चाहना अधुरै रहेको आफ्ना फ्यानहरुलाई बताएका छन् ।
साहरुख चार्टर गरेको बिमानमा यात्रा गर्ने गर्छन् । आफ्नै बिमान भएको खण्डमा आफ्नो काममा अझ गती बढ्ने तर्क यी अभिनेताको छ ।
For More videos Log on to Mazzako TV







